मकवानपुर- मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोटका ५९ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको छ।
भूमि समस्या समाधान आयोग मकवानपुरले आइतबार एक कार्यक्रममार्फत ४० भूमिहीन दलित तथा सुकुमवासी र १९ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो।
भूमि मन्त्री बलराम अधिकारीको उपस्थितिमा वितरण गरिएको उक्त पुर्जा आवास र कृषि प्रयोजनका लागि प्रदान गरिएको हो। आयोगले वडाबाट प्राप्त विवरणको छानबिनपछि न्यूनतम एक कठ्ठादेखि अधिकतम पाँच कठ्ठासम्मको जग्गा उपलब्ध गराएको जनाएको छ।