काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले नयाँ बर्षको दिन पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


आफुहरुसंग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले सोमबार बैंशाख १ गते पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।


ADVERTISEMENT

# # #


महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ । आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्ताल समेत गरेका छन् ।

जसका कारण बैंशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र समेत प्रभावित हुने देखिएको छ । शिक्षकहरुको लगातारको आन्दोलनका कारण माइतिघर–बबरमहल क्षेत्रमा यातायात आवागमन समेत प्रभावित हुदै आएको छ ।