काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरुबीचको सहकार्यबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरि अघि बढ्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताउनुभएको हो । राजनीतिक बाङ्गोटिङ्गो हुदै अघि बढ्ने प्रक्रिया भएपनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए ।
भट्टराईले अहिले बिभिन्न ढंगले प्रतिगामीहरु सल्वलाउदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रीक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आईसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए ।