काठमाडौँ– निजामती सेवा सम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा औपचारिक छलफल सुरु भएको छ।


ADVERTISEMENT


विधेयकलाई टुंगोमा पुर्‍याउने उद्देश्यले गठन गरिएको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबारबाट समितिमा छलफल सुरु भएको हो। नेपाली कांग्रेसका सांसद तथा समितिका सदस्य दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा गठन भएको उपसमितिले विधेयकको विस्तृत अध्ययन गरी चैत २० गते समितिलाई प्रतिवेदन बुझाएको थियो।


ADVERTISEMENT

# # #


शुक्रबार बसेको बैठकमा संयोजक बडुले प्रतिवेदनको मुख्य बुँदाहरू प्रस्तुत गर्दै सभापति र समितिका सदस्यहरूलाई जानकारी गराएका थिए। प्रतिवेदनमा विधेयकको विभिन्न प्रावधानहरू, संशोधन प्रस्तावहरू र कार्यान्वयनका सम्भावित चुनौतीहरूबारे उल्लेख गरिएको छ।

समितिमा छलफलपछि आवश्यक संशोधनसहित प्रतिवेदनलाई अन्तिम रूप दिइने र त्यसपछिको प्रक्रिया प्रतिनिधिसभामा अघि बढाइने जनाइएको छ।