काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले १७ दिन शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरुले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् । महासंघले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ ।

महासंघले आफुहरुको आन्दोलन निष्कर्षतर्फ उन्मुख भएकाले धैर्य राख्न शिक्षकहरुलाई आग्रह पनि गरेको छ । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुदै आएको छ ।