काठमाडौं । अम्बलीका रूपमा प्रयोग हुने सुर्ती, गुट्खा, परागमा अर्बौं राजश्व घोटाला गर्ने गरिएको खुलासा भएको छ ।
स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल हुने र मान्छेको ज्यानै जाने खतराको कारक बन्ने सुर्तीजन्य पदार्थहरूमा राज्यलाई अर्बौं राजश्व ठगी गरि खुलेआम बिक्री बितरण भईरहेको पाईएको हो ।


ADVERTISEMENT


गोप्य श्रोतले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार अखाद्य त्यस्ता पदार्थहरूको तौल घटाउने तर मूल्य नघटाई बिक्री गरिदै आईएको छ । बढेको मूल्यमा बिक्री भईरहेका अखाद्य बस्तुहरूको राजश्व भने घटेको तौल देखाएर थोरै मात्र तिरिन्छ । यसबाट राज्यलाई अर्बौं राजश्व ठगी भईरहेको खुल्न आएको छ ।


ADVERTISEMENT

# # #


तौल घटाउने, राजश्व घटाएर तिर्ने तर मूल्य नघटाउने गर्दा राज्यलाई अर्बौं घोटाला भईरहेको श्रोतले भन्यो ,यस्बाट राज्य र जनतालाई एकै पटक ठगी गरिंदै आईएको छ ।

ठूलो मात्रामा राज्य र सर्बसाधारण माथि खुलेआम कुठाराघात देखिएपछि गत बैशाख १ गते देखि उद्योग बाणिज्य तथा आपूर्ती बिभागले सुर्तीजन्य पदार्थको बिक्री बितरण नै बन्द गरिदिएको छ ।

उपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने र बढी मूल्य तिरेर सर्बसाधारणहरूले खरिद गरिरहेको पाईएकोले यस्लाई बेच्न नै प्रतिबन्ध लगाईएको बिषयमा फेरि चलखेल सुरू भएको गन्ध पाईएको छ । राज्यलाई राजश्व ठगी गर्दै अर्बौंको घोटाला भईरहेको बिषयलाई मिलाउन भन्दै उद्योगी ब्यवशायी र बिचौलियाको टोली करोडौं प्रस्ताब सहित सिंहदरबार र मन्त्रालय धाईरहेको गोप्य सूचना हिमालय पोष्टलाई प्राप्त भएको छ ।

कमजोर राज्य संयन्त्रका बीच स्वार्थ समूहको चंगुलमा फँसेर फेरि पनि देश र जनतालाई कुठाराघात हुने खतरा बढेको समेत बताईएको छ ।