विराटनगर– सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार उदयपुरको बेलका नगरपालिका–३ स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोलीले ३० वर्षीय बद्री भन्ने बिशाल लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको छ ।
यसेगरि, त्रियुगा नगरपालिका( १२ का २६ वर्षीय मो इस्माइल अली पनि लागुऔषध नाइट्राजेपाम–३२ ट्याब्लेटसहित पक्राउ परेका छन् ।
यस्तै, सुनसरीको धरान उप–महानगरपालिका–१५ बाट अस्थायी प्रहरी चौकी अमरहाटले को.२० प ३६८३ नम्बरको स्कुटी चालक सोहि स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९ क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेकाहरु उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।