काठमाडौँ– मेटलाइफ नेपालले आफ्नो नवीनतम बिमा योजना ‘डबल प्रोटेक्सन प्लस (डिपीपपी’)सार्वजनिक गर्दै नेपाली बिमा क्षेत्रमा नयाँ कीर्तिमान स्थापना गरेको छ ।


ADVERTISEMENT


विश्वसनीय उच्च बीमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बीमा नेपालमा पहिलो नवप्रवर्तित् बिमा हो, जुन शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको थियो ।


ADVERTISEMENT

# # #


सार्वजनिक गरिएको केही समयमै यसमा ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक रह्यो । सुरुको एक घण्टामै १०० वटा पो‘लिसी बुक भएर मेटलाइफको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्वता प्रति ग्राहककोे विश्वास रहेको पुष्टि गरेको छ ।

डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू, र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ । ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल ५ वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्छन्, जसअनुसार योजना अवधिभर बीमा सुरक्षा पाइन्छ ।

यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ, र ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्दछ । लचिलोपन र भरपर्दो बीमा सुरक्षाले गर्दा यो योजना आजको मितिमा बजारमा उपलब्ध सबैभन्दा आकर्षक सुरक्षा तथा बचत योजनामध्ये एक बनेको छ ।

यस योजनाको मुख्य विशेषता हो डबल बीमाङ्क रकमको लाभ – यदि योजना अवधिमा दुर्घटना वा रोगका कारण बीमित व्यक्तिको मृत्यु वा पूर्ण तथा स्थायी अपाङ्गता वा असतmता भएमा, ईच्छाइएको व्यतिm वा बीमित व्यक्तिलाई बीमाङ्क रकमको दोब्बर रकम एकमुष्ट रूपमा प्रदान गरिन्छ ।

साथै, यस योजनामा दुई विशेष लाभहरू पनि छन्ः बुस्टर फन्ड लाभ– मेटलाइफको सेग्रेगेटेड फन्डको लगानी प्रतिफलको आधारमा, पहिलो बीमालेख वार्षिकोत्सवदेखि प्रत्येक वर्ष प्रदान गरिने वार्षिक भुक्तानी र लयाल्टी रिवार्ड लाभ – बीमित व्यक्तिको जीवन अवधिमा हरेक पाँच वर्षको अन्तमा बीमा अवधिको अन्त्य सम्म सुनिश्चित रूपमा प्राप्त हुने लाभ ।