काठमाडौँ– एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् ।


ADVERTISEMENT


आइतबार सम्पन्न २३८औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पौडेललाई नियुक्त गरेको हो । उनको कार्यकाल आगामी वार्षिक साधारण सभासम्मका लागि कायम रहनेछ।


ADVERTISEMENT

# # #


पौडेलको बैंकिङ्ग तथा लघुवित्त क्षेत्रमा करिब ३९ वर्षको अनुभव छ। उनले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित “ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजना”मा प्रशिक्षण विशेषज्ञका रूपमा कार्य गरेका थिए ।

साथै, उनी तत्कालीन सिभिल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक, तथा साना किसान विकास बैंकजस्ता संस्थामा समेत महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् ।

शिक्षाको पृष्ठभूमिमा, पौडेलले समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक उपाधि हासिल गरेका छन् ।

संस्थाका अनुसार, नव नियुक्त सञ्चालकको व्यापक अनुभव र ज्ञानले संस्था आफ्नो लक्ष्य हासिल गर्न तथा समग्र लघुवित्त क्षेत्रभित्र अझ सशक्त, अग्रणी र प्रभावशाली संस्था बन्ने दिशामा थप टेवा पुग्ने विश्वास लिइएको छ।