काठमाडौँ– शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
उनले शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएको २० दिनमा राजीनामा दिएकी हुन् ।
मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएकै बेला सोमबार बैठकको केहीबेर अघि उनले राजीनामा दिएकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास पुगेर उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पत्र थमाएकी हुन् ।