रुपन्देही –रूपन्देहीको दानव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनैजना बालकमृत अवस्थामा फेला परेका छन्।


ADVERTISEMENT


सोमबार दिउँसो बेपत्ता भएका रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका– २ अर्दौलीका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मुन्नु हरिजन मृत अवस्थामा फेला परेका हुन् ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा उनीहरुको शव फेला पारेको हो ।

प्रहरीका अनुसार, सोमबार राजन यादवको शव फेला परेको थियो भने उमेश यादव र मुन्नु हरिजनको शव मंगलबार बिहान ७ बजे फेला परेको हो ।