काठमाडौँ– नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई खातामा जम्मा भएको रकमको आधारमा एक प्रतिशत दरले एक अर्ब ५२ करोड रुपैयाँ थप प्रतिफल प्रदान गरेको छ।
कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा आधारित रही कुल सञ्चित मुनाफाबाट यो थप प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
यसअघि पनि कोषले समय–समयमा यस्तै थप प्रतिफल प्रदान गर्दै आएको छ। कोषका अनुसार यो रकम सम्बन्धित सहभागीहरूको खातामा जम्मा गरिसकिएको छ।