बुटवल- भारतको काश्मिरमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ।
मंगलवार, काश्मिर भ्रमणमा गएका बेला आतंकवादी आक्रमणमा परेर सुदीपको मृत्यु भएको हो। उनी आमा, बहिनी र ज्वाइँसहित शनिवार काश्मिर घुम्न गएका थिए।
सिद्दार्थनगर–१० निवासी सुदीपमाथि आक्रमण प्रत्यक्ष देखेका उनका ज्वाइँ युवराजका अनुसार, आतंककारीहरूले पर्यटकहरूलाई घेराउ गरी धर्मको आधारमा छुट्ट्याउने प्रयास गरेका थिए। ‘आफूहरु मुस्लिम भनेर बचेपनि सुदीपले हिन्दु भएको स्वीकार गरेपछि उनलाई ताकेरै गोली हानिएको युवराजले बताए ।
दुःखद घटनापछि अहिले सुदीपको गृहजिल्ला बुटवल शोकमा डुबेको छ। स्थानिय बासिन्दा, आफन्त तथा शुभेच्छुकहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।