काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका ऊर्जा तथा आवास मामिलामन्त्री मनोहर लाल खट्टरसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


भेटका क्रममा दुई नेताहरूले भारत–नेपालबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई पुनः पुष्टि गर्दै, ऊर्जा क्षेत्रमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरेका थिए।


ADVERTISEMENT

# # #


भेटवार्ताले दुवै देशबीचको ऊर्जा सहयोग, लगानी, तथा दीर्घकालीन साझेदारीका सम्भावनालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। मन्त्री खट्टरको नेपाल भ्रमणले भारत–नेपाल सम्बन्धलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।