हेटौंडा- नेपाली कांग्रेस बागमति प्रदेशको संगठन विभाग प्रमुख तथा मकवानपुरका पूर्वसभापति माईकल रामचन्द्र अर्यालले बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलाई दीर्घकालीन योगदान दिने, मूल्यवान र निरन्तर फल दिने ‘फल लागिरहने वृक्ष’ को संज्ञा दिएका छन्।
एक सार्वजनिक समारोहमा बोल्दै अर्यालले भने, ‘छ महिनामा फल्ने खाइहाल्ने वनस्पति पनि हुन्छ, तर एउटा यस्तो वृक्ष पनि हुन्छ, जसलाई एकपटक रोपेपछि पटक–पटक फल पाइन्छ। त्यस्तै योगदान दिने नेता हुन् ईन्द्र बानियाँ।’
उनले थपे, ‘हामीले काँग्रेस बनाउने क्रममा देखेको त्यो अमूल्य वृक्ष बानियाँ हुन्। तर त्यस्तो रत्नलाई चिन्ने, औषधि बनाउने र उपयोग गर्न सक्ने कला पनि हुनुपर्छ, जुन क्षमता उनीसँग छ।’
आफ्नो अनुभव सुनाउदैँ उनले राजनीतिमा लागेका व्यक्तिहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सोच्नुपर्ने उल्लेख गरे । त्यसको प्रशस्त उदाहरण नेता बानियाँमा रहेको उनको जिकिर छ ।