काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरुलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने भन्दै निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकारले चासो नदेखाएको अवस्थामा अन्य दलहरुसंग छलफल गरेर उनीहरुको समस्या समाधानका लागि पहल गर्ने निर्णय बैठकले गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

त्यस्तै तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजान समेत प्रचण्डले निर्देशन दिनुभएको पाण्डले बतए ।

पाण्डेले विनाशकारी भूकम्प गएको दिन बैशाख १२ गते शुक्रबार प्रचण्ड लगाएतका नेताहरु गोरखाको बारपाकमा जाने र त्यहाबाट फर्किएर बिपक्षी दलहरुसंग छलफल गर्ने जानकारी दिए ।