काठमाडौँ– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् ।


ADVERTISEMENT


आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतिघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच ढकेलाढकेल समेत भएको थियो ।


ADVERTISEMENT

# # #


उनीहरुले चिकित्सा आयोगद्वारा निर्धारित आठौ तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसंग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए ।

आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह सेवा दिने निर्णयमा स्वास्थ्य मन्त्रीले समेत हस्ताक्षर गरेकाले ध्यानाकर्षण गराउन खोजेको उनको भनाई छ ।

चिकित्सक संघले आफ्ना मागहरु पुरा नभए वैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।