काठमाडौँ– ट्राफिक प्रहरीले एक सर्वसाधारणमाथि गरेको निर्घात कुटपिटको भिडिओ अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छन्, जसमा एक व्यक्तिलाई लडाएर लगातार कुटपिट गरिएको स्पष्ट देखिन्छ।
कुटपिटकै क्रममा एक ट्राफिक प्रहरीले पीडितको कागजपत्र भुइँमा फ्यालेर हिँडेको दृश्य पनि देखिन्छ। भिडिओको स्थान पुष्टि भइनसकेको भए पनि ‘कीर्तिपुर यातायात’ लेखिएको बस र सडकमा देखिएको भीडका आधारमा यो दृश्य काठमाडौं उपत्यकाकै हुन सक्ने अनुमान गरिएको छ।
भिडियोमा वरपर बाक्लो रूपमा मोटरसाइकल समेत देखिन्छ । हालसम्म घटनास्थल र संलग्न ट्राफिक प्रहरीको पहिचान खुलेको छैन। यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।