ललितपुर– कौशी खेती प्रवर्द्धनका लागि ललितपुर महानगरपालिका– १४ तिखिदेवलमा ‘कौसी खेती तालिम’ सुरु भएको छ ।
सामाजिक विकास कार्यालयको सहयोग र ललितपुर महानगरपालिका- १४ को सहकार्यमा समृद्ध आधार नेपाल (एसएएनएन)ं ले उक्त तालिमको आयोजना गरेको हो ।
आयोजक संस्थाकि अध्यक्ष नमिता बानियाँको अध्यक्षतामा आयोजित उद्याटन कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष अमृत जङ्ग महत रहेका थिए ।
२४ जना सहभागी रहेको कौसी, बरण्डा तथा छतमा खेती गरिरहेका स्थानीय बासिन्दालाई सहयोग पुर्याउने उद्देश्यले १५ दिने कौसी खेती सम्बन्धी तालिम पदान गरिन लागेको हो ।
तीव्र शहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएको अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहन स्वरूप कौसी खेती सम्बन्धी तालिमको व्यवस्था गरिएको आयोजक संस्था समृद्ध आधार नेपाल (एसएएनएन) कि अध्यक्ष नमिता बानियाँ बताए ।
समृद्ध आधार नेपाल (एसएएनएन) आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा उद्यमशीलता र रोजगारीमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।