कैलाली – सुदूरपश्चिम प्रदेश सरकार भारत भ्रमणको तयारीमा रहेको बेला मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए। तर, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले उक्त बैठक बहिष्कार गरेको छ।


ADVERTISEMENT


माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकार प्रश्नहरूबाट भागेर संसद् स्थगन गरेकाले बैठकको औचित्य नरहेको बताएका छन्। साथै, आफू संसदीय दलको नेता हुँदासमेत मुख्यमन्त्रीले औपचारिक जानकारी नदिएको भन्दै असन्तोष पोखेका छन्। माओवादीको बहिष्कारपछि नेकपा एकीकृत समाजवादी पनि छलफलमा सहभागी भएन।


ADVERTISEMENT

# # #


छलफलमा नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, राप्रपा तथा स्वतन्त्र सांसद मात्र सहभागी थिए। बैठकमा मुख्यमन्त्री शाहले भारत भ्रमणको उद्देश्यबारे जानकारी दिँदै सुझाव संकलन गरेका थिए।

भ्रमण टोलीमा मुख्यमन्त्री शाहसहित १० जना सदस्य छन्, जसमा कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिहरू समावेश छन्। भ्रमण आगामी वैशाख १६ देखि २२ गतेसम्म भारतीय विदेश मन्त्रालयको समन्वयमा हुने बताइएको छ।