काठमाडौँ– नेपाली कांग्रेसले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएको छ ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेल कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास सफल नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस मुलुकको स्थिरताको पक्षमा दृढतापूर्वक उभिने र दुईदलबीच भएको सहमतिलाई अक्षरंश पालना गर्ने उनले जनाए । घिमिरेले नेपाली समाजले समेत नपत्याएको एउटा झुण्डले बलिदानीपूर्वक ल्याएको लोकतन्त्रलाई सिध्याउँछु भन्ने दुष्शाहस नगर्न चेतावनी दिए ।

उनले कसैले आन्दोलन गरेर नारायणहिटीमा पूर्वराजालाई पुर्‍याएर देशको कल्याण हुन्छ भन्ने सपना नदेख्न समेत सुझाव दिए । अराजनीतिक मान्छेहरुबाट अहिलेको व्यवस्थालाई कुनै चूनौति हुन नसक्ने उनले बताए ।

घिमिरेले वर्तमान सरकार आक्रमण ढंगले अघि बढ्नुपर्ने र बिकासका साथै सुशासनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।