काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुदै गएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पुनले सरकारको १० महिनाको गतिविधि हेर्दा बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुदै गएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले बिचौलियासंगको साँठगाँठ र बिपक्षी दलसंग प्रतिशोध साँध्ने बाहेकका कुनै पनि काम सरकारले गर्न नसकेको जिकिर गरे । नियामक निकायमा भएको नियुक्ति र राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि भएका चलखेल दिनको घाम जतिकै छर्लङ्ग गरेको उनको भनाई छ ।

पुनले सरकार गठन गर्दा भनिएको संविधान संशोधन सुरु हुन नसकेको, सुशासनको धज्जी उठाउने काम भएको र सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको तर्क गरे ।

वर्तमान सरकार बनेपछि जनतामा असन्तुष्टि देखिएकाले त्यसबाट फाइदा उठाउँदै प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरेको उनले जनाए । पुनले आन्दोलन चिकित्सक, शिक्षक लगाएतका माग पुुरा गर्नका तत्परता देखाउन आग्रह समेत गरे ।