काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन्। गएरातिदेखि लागू भएको यो निर्णयसँगै मन्त्रालय हाल सचिवविहीन बनेको छ।
विगतमा गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका सिंहलाई केही महिना अघि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो प्राथमिकतामा राखी मन्त्रालयमा नियुक्त गरेका थिए।
गृह प्रशासन सेवाका अनुभवी अधिकृत सिंहले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा समेत काम गरिसकेका छन्।
सिंहको अनिवार्य अवकाशसँगै मन्त्रालयको आगामी प्रशासनिक गतिविधिमा असर पर्न सक्ने आँकलन गरिएको छ।