नयाँ दिल्ली/इस्लामाबाद – भारतले हालै सञ्चालन गरेको सैन्य कारबाही ‘अप्रेशन सिन्दूर’को प्रतिउत्तरस्वरूप पाकिस्तानले व्यापक जवाफी कारबाही सुरु गरेको छ।


ADVERTISEMENT


यस कारबाहीमा पाकिस्तानले सीमा नजिक रहेका भारतीय बस्तीहरू तथा सैन्य चौकिहरूलाई लक्षित गर्दै गोलाबारी तथा बम आक्रमण थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


ADVERTISEMENT

# # #


भारतीय सेनाका अनुसार, पाकिस्तानबाट भएको गोलाबारीमा ‘फिल्ड ५ रेजिमेन्ट’का ‘लेस नायक’ दर्जाका अधिकृत दिनेश कुमार शर्मा सहित कम्तीमा आधा दर्जनभन्दा बढी भारतीय सैनिकको मृत्यु भएको छ। सो घटनामा हालसम्म १५ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरिएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थिति झनै तनावपूर्ण बन्दै गएपछि भारतले स्थल, जल तथा वायु सेना सबैलाई उच्च सतर्कतामा राखेको छ। भारतीय सरकारका प्रवक्ताले पाकिस्तानलाई कडा सन्देश दिँदै, यो कारबाहीलाई “युद्धको प्रारम्भ”को संकेतका रूपमा लिएको बताएका छन्।

दोस्रो पक्ष पाकिस्तानले पनि भारतको आक्रमणको निन्दा गर्दै, “कुनै हालतमा चुप नबस्ने” चेतावनी दिएको छ। पाकिस्तानको सेनालाई पनि समान प्रतिउत्तरका लागि खुला आदेश दिइएको जनाइएको छ। दुवै राष्ट्रका सीमाक्षेत्रमा सैन्य गतिविधि तीव्र गतिमा बढेको देखिन्छ।

क्षेत्रीय सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यदि दुबै पक्षले संयम नअपनाए यो तनाव ठूलो द्वन्द्वमा रुपान्तरण हुन सक्ने खतरा छ। अन्तर्राष्ट्रिय समुदायले पनि दुबै पक्षलाई शान्ति र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।