काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको असर सबैभन्दा कम जिम्मेवार राष्ट्रहरुमा परिरहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई उद्घाटन गदैं प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन अहिलको सवै भन्दा ठूलो चूनौति भएको भन्दै यसको असर सवैभन्दा कम जिम्मेवार राष्ट्रहरुमा परिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले जलवायु परिवर्तनबाट सिर्जित संकटमा नेपालको समेत खासै भूमिका नरहेको तर सबैभन्दा कठोर परिणाम नेपालले नै भोग्नुपरेको धारणा राखे । जलवायु परिवर्तनका कारण हिमनदीहरु पग्लिरहेको, वर्षा अनिश्चित बन्दै गएको, बाढी र खडेरी अकस्मात आउने गरको भन्दै प्रधानमन्त्री ओलीले यसमा डटिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सङ्कीर्ण स्वार्थहरूभन्दा माथि उठेर साझा उच्च उद्देश्यतर्फ हातेमालो गर्न आह्वान गरे । न्यायपूर्ण भविष्य र दीगो पृथ्वीका लागि समेत सामूहिक नवीन संकल्पको आवश्यकता रहेको उनले बताए ।

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको उहाले जानकारी दिए ।

सम्मेलनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परितर्वनको विश्वव्यापी सङ्कटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

त्यस्तै अन्य सहभागीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने भन्दै विश्वव्यापी सहकार्यमा जोड दिएका छन् ।