काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले ‘करप्सन सिस्टम’ लाई मद्दत गर्न नसक्ने बताएका छन्।
मेयर साहले सामाजिक सञ्जालमार्फत एक पोष्ट सेयर गर्दै ‘करप्सन सिस्टम’ लाई मद्दत गर्न नसक्ने बताएका हुन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन्। त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए।
यसपछि बालेनले प्रधामन्त्रीलाई जवाफ फर्काएका हुन् । जसमा उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?’
अगाडि उनले अंग्रेजी लेखेका छन्, ‘सरी केपी ओली आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम !’