काठमाडौँ– नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्तिको लागि सहमति जुटेको छ ।


ADVERTISEMENT


स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आगामी गर्भनरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त गर्ने सहमति जुटेको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए। कांग्रेसले उनलाई गभर्नरका लागि प्रस्ताव गरेपछि उनले समितिबाट राजीनामा दिएका थिए।

सम्भवतः आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्ति गर्नेछ।