काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ–आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी हुन् । एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनले बताइन् ।


ADVERTISEMENT

# # #


‘वैशाख १७ गतेको घटना र यो बीचमा मेरो स्वास्थ्य पनि खराब भयो । त्यसपछि माननीयज्यू र हाम्रो पार्टीको संरक्षक पनि पार्टी कार्यक्रममै व्यस्त हुनुहुन्छ ।’ उनले भनिन्, ‘उहाँहरुबीच छलफल हुन्छ । छलफल भइसकेपछि पार्टी एकताको प्रक्रिया अघि बढ्छ ।’

उनले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सह–अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइरहको उल्लेख गरिन् । उनले बैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केहि ढिलाई भएको बताइन् ।