कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङगो लगाउँदै आएको छ । चालु आवमा न्यायिक समितिमा दर्ता भएका १५ विवादमध्ये ११ वटा विवाद मेलमिलापको माध्यमबाट छिनोफानो गरिएको छ ।


ADVERTISEMENT


दर्ता भएकामध्ये चारवटा विवाद विचाराधीन अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ३३ वटा विवाद दर्ता भएकामा ३१ मा मेलमिलापको माध्यमबाट टुङ्ग्याइएको थियो । आव २०७९र८० मा २९ विवादमध्ये २७ वटामा मेलमिलाप गराइएको थियो ।


ADVERTISEMENT

# # #


न्यायिक समितिमा जग्गा साँध सिमाना, बाटोघाटो, कुटपिट, लैङ्गिक हिंसा, घरेलु हिंसा, ज्याला मजदुरी लेनदेन, खानलाउन नदिएको र गालीबेइज्जतीका विवाद अधिक आउने गरेको न्यायिक समितिका संयोजक नगर उपप्रमुख कल्पना पन्तले बताए ।

“मेलमिलाप विवाद समाधानको सर्वोत्तम उपायका रुपमा रहेको छ”, उनले भने, “न्यायिक समितिमा विवाद लिएर आउने पक्ष वा विपक्ष दुवै थरीलाई मान्य सहमतिमा पुग्नका लागि निष्पक्ष र तटस्थ भूमिकामा रहेर विवादको छिनोफानो गर्दै आएका छौँ ।” समितिमा विवाद दर्ता गर्न आउने पक्ष र विपक्षलाई सँगै राखेर जीत जीतको भावना हुनेगरी विवादको छनिोफानो हुँदै आएको उनले बताए ।

“मेलमिलाप गर्दा दुवै पक्षलाई आ–आफ्नो पक्ष राख्ने अवसर प्रदान गर्छौं”, संयोजक पन्तले भने, “आवश्यकताअनुसार छुट्टाछुट्टै र समूहगत रुपमा छलफल गर्छौं, मेलमिलापकर्ताले पक्षहरुका बीचबाट भएको छलफलबाट सहमति तयार गर्न पक्षहरुलाई सहयोग गर्छन, त्यसपछि मुद्दालाई मेलमिलापको प्रक्रियामा लैजान्छौँ ।” उनका अनुसार नगरपालिकाको वडावडामा सूचीकृत मेलमिलापकर्ता रहेका छन् ।

वडामा आएका मुद्दा वा विवादको छिनोफानो हुन नसकेको खण्डमा मात्रै न्यायिक समितिमा विवाद पुग्ने गर्दछन् । प्रत्येक आर्थिक वर्षमा सूचीकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालिमको व्यवस्था नगरपालिकाले गर्दै आएको छ ।

संविधानको धारा, २१७ मा व्यवस्था भएअनुसार कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका वादविवाद निरुपण गर्नका लागि नगर उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने प्रावधान रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिलाई वादविवादको निरुपण ९कारबाही, किनारा० गर्ने र वादविवाद मेलमिलापको माध्यमबाट समाधान गर्ने अधिकार दिएको छ । न्यायिक समितिमा आएका विवाद निरुपण गर्नका लागि नगरपालिकामा छुट्टै इजलासको व्यवस्था समेत गरिएको छ । रासस