काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सम्मेलनमा अन्तराष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरिएको बताएका छन् ।


ADVERTISEMENT


स्वीट्जरल्याण्डको जेनेभामा भएको ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीबार काठमाडौं फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आगामी वर्ष जलवायु स्वास्थ्य सम्मेलन नेपालमा गर्ने प्रस्ताव गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


जलवायु स्वास्थ्य सम्मेलनको प्रस्तावलाई विश्व स्वास्थ्य संगठनले सकारात्मक रुपमा लिएको उनले बताए । मन्त्री पौडेलले सम्मेलनका क्रममा जलवायु परिवर्तनका कारण नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी गराएको उल्लेख गरे ।

मन्त्री पौडेलले नेपाल हिमालय क्षेत्र भएकाले मानवस्वास्थ्यमा देखिने समस्याका प्रकृति केहि फरक रहेको अवस्थामा अन्तराष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरेको र उक्त सम्मेलन विश्व स्वास्थ्य संगठनको समर्थनमा अघि बढ्ने धारणा राखे । उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको सुधारका कार्यलाई अन्य राष्ट्रले सकारात्मक ढंगले बुझेको जिकिर गरे ।

त्यस्तै मन्त्री पौडेलले स्वास्थ्यलाई प्रतिकुल असर गर्ने बस्तुमा कर लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव आएको अवस्थामा आगामी बजेटमा समेत उक्त बस्तुहरुमा अधिक कर लगाउनुपर्ने प्रस्ताव अर्थमन्त्रालयमा गरेको जानकारी दिए ।

त्यस्तै उनले नेपालकातर्फबाट सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएको जानकारी दिए ।