काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न राजावादीलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरुलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उलंघनको काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अब राजावादीको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक प्रतिवाद गर्ने स्पष्ट पारे । गुरुङले संविधान विरोधी क्रियाकलाप बढिरहेको र हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिने काम भइरहेको उल्लेख गरे । उनले राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध नलगाएको जिकिर गरे ।

उनले जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रुपमा मनाउन लागेको जानकारी दिए । परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको दलहरु गणतन्त्रका पक्षमा एकै ठाँउमा रहेको उनले जनाए ।