काठमाडौँ – नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । पदाधिकारीले बिहीबार राष्ट्र बैँक कार्यालयमा पुगेर नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।


ADVERTISEMENT


सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव  नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।


ADVERTISEMENT

# # #


नवनियुक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।