काठमाडौँ – एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि इज अन वालेट ” को घोषणा गरेको छ।


ADVERTISEMENT


जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन । यो  अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।


ADVERTISEMENT

# # #


यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन्। यसमा चार्जिंगका लागि 7 kW + 3.5 kW चार्जर, एक वर्षको अटो-प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन्। थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरीज, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट  प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन्।

यो अफर सीमित समयको लागि मात्र मान्य कम्पनीले जनाएको छ । इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।