काठमाडौँ – सहसचिव भुपाल बराल सचिव पदमा बढुवा भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेको अवकाशपछि रिक्त रहेको सचिव पदमा सरकारले बराललाई नियुक्त गरेको हो।
बराल लामो समयदेखि प्रशासन सेवामा कार्यरत रही विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका अनुभवी कर्मचारी हुन्।



























































