काठमाडौँ – विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पदभार ग्रहण गरेका छन् ।
सोमबार बोर्डको कार्यालय पुगेर अध्यक्ष हुमागाईले पदभार ग्रहण गरेका हुन् । मन्त्रिपरिषद्को जेठ १२ गते बसेको बैठकले उहालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईले आफुले अघिल्लो कार्यकालमा थालनी गरेको राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, बिज्ञापन ऐन संशोधन लगाएतका काम सम्पन्न गर्ने बताए ।
उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएकाले यसको बजारको विकास र विस्तारको प्रयास गर्ने उल्लेख गरे ।
सामाजिक सञ्जालमा हुने बिज्ञापनलाई नियमनको दायरामा ल्याउने भन्दै उनले ऐन सम्बोधनकासमयमा त्यसमा उचित सम्बोधन हुने जिकिर गरे ।