काठमाडौँ – १० दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन् ।


ADVERTISEMENT


एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्यान्डिङ सस्थाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन गत जेठ १० गते चीन भ्रमणमा गएकी भण्डारी सोमबार बिहान नेपाल फर्किएकी हुन् ।


ADVERTISEMENT

# # #


चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । चिनको १० दिने भ्रमण समग्ररुपमा सफल रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए ।

नेपाल र चिनको पुरानो सम्वन्ध, लामो समयदेखीको मित्रतालाइ अझै सुदृढ गर्ने, दुइ देश विचका साझदारी, सम्झौताहरुलाइ पुर्नजागृत गर्ने सदभाव भ्रमणको रुपमा रहेको मन्त्री भण्डारीले बताए । छलफलका क्रममा चिनिया पक्षबाट सहमतीलाइ कार्यान्वयन गर्ने खालको प्रतिबद्धता ब्यक्त भएको मन्त्री भण्डारीले जानकारी दिए ।

चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्याडिङ सस्थाद्धारा आयोजित कार्यक्रममा ६० देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालका तर्फबाट पूर्व राष्ट्रपति विद्या भण्डारीले नेतृत्व भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायतको सहभागिता थियो ।