काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको समेत बताए । कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने उनले बताए ।


ADVERTISEMENT

# # #


बर्तौलाले दलहरुबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारी बमोजिम नै बुधबारसम्मका लागि संसद स्थगित गरिएको जानकारी दिए ।

उनले गृहमन्त्रीले जवाफ दिएपछि विपक्षीले भनेअनुसार छानविन समिति गठन, गृहमन्त्रीको राजीनामा लगाएतका विषयमा छलफल गर्न सकिने बताए ।