एजेन्सी – इण्डियन प्रमियर लिग (आईपीएल)को विजेता टोली रोयल च्यालेन्जर बैँगलुरु (आरसीबी)को ‘भिक्ट्री परेड’मा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । बुधबार आरसीबीले आईपीएल जितेको उत्सवमा बैँगलुरुस्थित एम चिन्नास्वामी क्रिक्रेट रंगशालामा ‘भिक्ट्री परेड’ आयोजना गरेको थियो ।


ADVERTISEMENT


आईपीएल ट्रफी हेर्न र जितको खुसियाली मनाउन गएका आरसीबी का फ्यानहरू एम चिन्नास्वामी स्टेडियम वरपरको क्षेत्रमा जम्मा भएका थिए । अत्यधिक भीडका कारण धेरै प्रवेश बिन्दुहरूमा भागदौड मच्चियो, जसले गर्दा प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठीचार्ज गर्नुपर्यो। अधिकारीहरूले भागदौडमा ६ जनाको मृत्यु र धेरै जना घाइते भएको पुष्टि गरेका छन्।


ADVERTISEMENT

# # #


घाइतेहरूलाई बोरिङ अस्पतालमा भर्ना गरिएको छ।

मंगलबार राती भएको १८औँ संस्करणको आईपीएल फाइनलमा आरसीबीले पञ्जाव किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक (१८ वर्षपछि) उपाधि जितेको थियो । उक्त जितको खुसियालीमा टिमले ‘भिक्ट्री परेड’ आयोजना गरेको थियो ।