काठमाडौं- एथर नेपालले कर्णाली प्रदेशमा आफ्नो विद्युतीय सवारी सेवा विस्तार गर्दै सुर्खेतको वीरेन्द्रनगर–१२, विमानस्थल चोकमा १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज ५, २०८३ देखि नयाँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो।


ADVERTISEMENT


नयाँ अनुभव केन्द्रमार्फत सुर्खेतसहित समग्र कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि तथा ग्राहककेन्द्रित सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


 

अनुभव केन्द्रमा ग्राहकले एथर ४५० शृङ्खला र एथर रिज्टा शृङ्खलाका विभिन्न मोडलका बारेमा जानकारी लिनुका साथै उत्पादन प्रदर्शन तथा परीक्षण सवारीमार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

प्रविधिसँगै उत्कृष्ट कार्यक्षमता

एथर ४५० शृङ्खलामा उत्कृष्ट कार्यक्षमता, अत्याधुनिक प्रविधि तथा दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गरिएको कम्पनीको भनाइ छ। यसका नयाँ मोडलमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ तथा आवाजमार्फत नियन्त्रण गर्न सकिने सुविधाजस्ता प्रविधि समावेश छन्।

‘म्याजिक ट्विस्ट’ सुविधाले एक्सिलेटर घुमाएर स्कुटरको गति घटाउन सहयोग गर्छ। यसले पटक–पटक ब्रेक प्रयोग गर्नुपर्ने आवश्यकता कम गर्छ। ‘इन्फिनिट क्रुज’ सुविधाले लामो दूरीको यात्रामा निश्चित गति कायम राख्न सहयोग गर्छ। त्यस्तै, आवाजमार्फत नियन्त्रण गर्ने सुविधाले उपलब्ध विभिन्न कार्यलाई आवाजको आदेशबाट सञ्चालन गर्न सकिन्छ।

त्यसैगरी, एथर रिज्टालाई पारिवारिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ। लामो सिट, थप आराम तथा दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक सुविधासहित रिज्टाले परिवारका विभिन्न आवश्यकतालाई ध्यानमा राखेको छ।

ग्राहकको विश्वास बढाउँदै एथरको सेवा

विद्युतीय सवारी प्रमुख सहरभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा एथर नेपालले ग्राहकको सवारी स्वामित्व अनुभवलाई सहज र विश्वसनीय बनाउन सेवा तथा चार्जिङ संरचनाको समेत विस्तार गर्दै आएको जनाएको छ।

एथरको ‘एट–सेभेन्टी ब्याट्री वारेन्टी’ अन्तर्गत लागू हुने सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यति अवधिसम्मको वारेन्टी उपलब्ध हुनेछ। ब्याट्रीको स्वास्थ्य ७० प्रतिशतभन्दा तल पुगेमा लागू हुने सर्तअनुसार ब्याट्री परिवर्तनको सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

एथर नेपालका अनुसार हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र तथा ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र सञ्चालनमा छन्। यसले ग्राहकलाई यात्राका क्रममा चार्जिङ तथा दूरीसम्बन्धी चिन्ता कम गर्दै सहज रूपमा यात्रा गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

सुर्खेतमा अनुभव केन्द्रको विस्तार एथरका विद्युतीय स्कुटरलाई कर्णालीका ग्राहकको पहुँचमा पुर्‍याउने प्रयास मात्र नभई कर्णाली क्षेत्रमा थप सहज, भरपर्दो तथा ग्राहककेन्द्रित विद्युतीय सवारी प्रणाली निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।

असोज ११ सम्म विशेष उद्घाटन योजना

सुर्खेतमा नयाँ अनुभव केन्द्र सञ्चालनको अवसरमा एथर नेपालले असोज ११, २०८३ सम्म सीमित अवधिका लागि विशेष उद्घाटन योजना ल्याएको छ।

उक्त अवधिमा एथर खरिद गर्ने ग्राहकले आफ्नो आवश्यकता अनुसार विभिन्न योजना छनोट गर्न सक्नेछन्। नगदमा खरिद गर्ने ग्राहकले एट–सेभेन्टी ब्याट्री वारेन्टी, वित्तीय सुविधामार्फत खरिद गर्नेले शून्य प्रतिशत ब्याजदरको सुविधा तथा पुरानो सवारी साटेर नयाँ खरिद गर्ने ग्राहकले थप ८ हजार रुपैयाँको मूल्याङ्कन सुविधा पाउनेछन्।

उक्त योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने र लागू हुने नियम तथा सर्तअनुसार सञ्चालन हुने कम्पनीले जनाएको छ।

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालि हो। कम्पनीले देशभर एथरको बिक्री, सेवा तथा चार्जिङ संरचना विस्तार गर्दै आएको जनाएको छ।

सुर्खेतको नयाँ अनुभव केन्द्र वीरेन्द्रनगर–१२, विमानस्थल चोकमा रहेको छ। थप जानकारीका लागि ९८०–४५०२१४३ तथा ९८०–२५६४४५४ मा सम्पर्क गर्न सकिनेछ।