काठमाडौँ – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताए । माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनले बताए ।
उनले भने, ‘अर्को कानुनी पक्ष छ, राजनीतिक पूर्वाग्रह साँधेर उहाँप्रति जुन आक्रमण भएको छ, त्यो पहिले देखि नै भएको थियो र त्यसको निरन्तरता हो । यसको हामी राजनीतिक रुपले नै प्रतिवाद गर्छौं ।’
त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाई पनि लड्ने उल्लेख गरे । उनले भने, ‘कानुनी पक्षमा हामी कानुनी रुपले नै लड्छौँ । यसमा अन्योलमा बस्नुपर्ने कुनै जरुरी छैन ।’
राजनीतिक पूर्वाग्रह कसले साँधेको छ भन्न सबैलाई स्पष्ट रहेको उनको भनाइ छ ।