काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको बताएका हुन् । उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन तपाईंहरुलाई थाहा नै छ, यो राम्रोसँग चलिराखेको छ ।’ उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए । उनले राजावादीहरुको आन्दोलन तुहिसकेको समेत जिकिर गरे ।

कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उनको भनाइ छ ।