महोत्तरी– बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुबान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको छ ।
प्रारम्भिक चरणमा बाढीरडुबानबाट हुनसक्ने ठाउँको आँकलन गरी त्यसको बचावका लागि पूर्वतयारी गर्न तीन जिल्लाका सुरक्षा निकाय र सरोकारवालाबीच आज बर्दिबासमा समन्वयात्मक पूर्व तयारी थालिएको हो ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, महोत्तरी, धनुषा र सर्लाहीका सबै सुरक्षा निकायका प्रमुख तथा विपद् प्रतिकार्य अभ्यासमा रहेका सामाजिक सङ्घ संस्थाका अगुवा समन्वयात्मक बैठकमा सहभागी छन् ।
बैठकमा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्खा सुरु हुनअगावै बाढी र डुबान क्षेत्रको नक्शाङ्कन गरी धनजनको क्षति हुन नदिन पूर्वतयारी थालिएको बताए ।