काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउने विषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सवै दलसंग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले निकास निकाल्नका लागि माओवादीमात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे । उनले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे ।

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन हुनुपर्ने विषयमा दलहरुबीच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ ।