काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहेपनि कुनै सहमति नभएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् । छानविन समिति बनाउनुपर्छ भन्नेमा आफूहरुको अडान कायमै रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफुहरु निरन्तर छलफलमा रहेपनि बिषयको गाम्भीर्यतालाई सत्तापक्षले बुझ्न नसकेको बताए । भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउनुपर्ने आफुहरुको न्यूनतम माग रहेको उनले उल्लेख गरे । सदनको गतिरोध खुलाउने प्रयास जारी रहेको भन्दै परियारले सोमबार सदन बस्नुअघि दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरे ।

उनले छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफुहरु पनि रहेको जिकिर गरे ।