काठमाडौँ — संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। पछिल्ला केही बैठकहरू प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण स्थगित हुँदै आएका छन्। आजको बैठकमा पनि अवरोधको सम्भावना कायमै छ।
बैठकको सम्भावित कार्यसूची अनुसार, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विभिन्न कार्यभारसम्बन्धी पत्रहरूको जानकारी प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।
त्यसपछि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र०८३ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तावसहित आफ्नो वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ। सोही प्रस्ताव अनुसार चालु आर्थिक वर्षको बजेटमाथि प्रारम्भिक बहस सुरु हुनेछ।
यसबाहेक, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि तय गरिएको छ।