काठमाडौँ – प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सोमबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन् ।
प्रतिपक्षीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने वातावरण बनाउन आग्रह रेका थिए । भिजिट भिसा प्रकरणमा देखिएको बिबाद समाधानका लागि भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको जानकारी आएको भन्दै उनले आधा घण्टाका लागि बैठक स्थगित गरे ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर संसदको कामकारवाही प्रभावित हुदै आएको छ ।