काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको भन्दै उद्देश्यविहीन र गन्तव्यविहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गरे । पार्टी नेतृत्वविहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘रास्वपा एउटा उदियमान पार्टीको रुपमा यहाँ आएको छ, हामीले उहाँहरुलाई सम्मान गरेका छौँ । तर मलाई के लाग्यो भने अस्तिको घटना र आजको घटनाले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा छ ।’ उनले भने, ‘जब पार्टी नेतृत्वविहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको कागजस्तो उद्देश्यविहीन र गन्तव्यविहीन अवरोधमा उहाँहरु सामेल हुनुहुन्छ ।’

भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको माग बमोजिम छानविनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडि हटेको बताए । उनले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुर्नबिचार हुने जिकिर गरे ।