काठमाडौँ – पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने भएका छन् । बैँकका अनुसार सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यू मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता–पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।


ADVERTISEMENT

# # #


“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।