काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले निलो स्काफ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुन निलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उनले बताए ।
बर्तौलाले रास्वपाका सांसदहरुको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महशुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे ।
त्यस्तै बर्तौलाले संघीय निजामति सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डन समेत गरे । उनले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विाय संसदको अधिकारको विषय भएको उल्लेख गरे ।
संघीय निजामती सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए ।