हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै भएको कुटपिट र मोबाइल लुटपाटप्रति नेपाली कांग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले कडा आपत्ति जनाउँदै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।


ADVERTISEMENT


सभापति बानियाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा वक्तव्य दिँदै वडाध्यक्षमाथि भएको आक्रमणलाई लोकतान्त्रिक मूल्य, शिष्टाचार र जनताको मतप्रति गरिएको अपमान भनेका छन्।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘लोकतन्त्रमा असहमति स्वाभाविक हो, तर त्यसको उत्तर संवाद र संयमबाट खोजिनुपर्छ, हिंसाबाट होइन। नागरिकको हितमा अहोरात्र खटिएका जनप्रतिनिधिमाथिको दुर्व्यवहार सह्य हुँदैन।’

उनका अनुसार जनताको मतबाट निर्वाचित जनप्रतिनिधिमाथि गरिएको अभद्र व्यवहार भनेको नागरिकको विश्वासमाथि सीधा हमला हो।

‘लोकतान्त्रिक मूल्य र शिष्टाचारमाथि सिधा हमला गर्ने यस्ता गतिविधिले न समाधान दिन्छन्, न सम्मान ल्याउँछन्। त्यसैले, घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न म सुरक्षा निकायसँग आग्रह गर्दछु’, बानियाँले जोड दिएका छन्।

वडाध्यक्ष न्यौपानेमाथि हिजो कालो पोशाकमा आएका चार जना व्यक्तिले टाउकोमा प्रहार गरीमोबिल छ्यापेका थिए। सो क्रममा उनको मोबाइल समेत लुटिएको जनाइएको छ। हाल वडाध्यक्षको स्वास्थ्य अवस्था सामान्य रहेको परिवार स्रोतले जनाएको छ।

यसबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। दोषी पहिचानको काम जारी रहेको र चाँडै पक्राउ गरिने प्रहरी स्रोतको भनाइ छ।